Saturday, July 20, 2024
24.1 C
Kathmandu

वन डढेलो कसरी निभाउने ?

क्रियटिभ खबर, १४ चैत्र २०७८, काठमाण्डौं। प्रत्येक बर्ष लाग्ने वन डढेलोले वन क्षेत्रलाई ठुलो विनास गरी रहेको हुन्छ। डढेलाे राेकथामका लागि सुख्खा मौसम सुरु हुनु अगावै वन जंगलमा अग्नीरेखा निर्माण र पानी पोखरी निर्माण गर्नु पनि अति आवश्यक हुन्छ।

वन डढेलो निभाउने तरिका :
१. डढेलो नियन्त्रण औजार (जस्तै : पानीको झोला, दाँते, खुकुरी, हँसिया, सावेल, कोदालो, बेल्चा, बन्चरो, बाल्टिन, आरा आदि) को व्यवस्था मिलाउने ।

२. डढेलो निभाउन जानुपूर्व औषधी, खाना, पानी, उपयुक्त कपडा, पन्जा, ह्याट तथा रातको समय भए फर्केर आउँदाको लागि टर्चको व्यवस्था मिलाउने ।

३. फायर सुटर, हरियो स्याउला, भिजेको बोराले पिटेर, पानी, माटो, बालुवा प्रयोग गरेर निभाउने ।

४. बढी संवेदनशील क्षेत्रलाई अग्निरेखा बनाएर छुट्याउने ।

५. उल्टो दिशाबाट प्रतिरोधी डढेलो (Counter fire) लगाई नियन्त्रण गर्ने ।

६. आगो निभए पछि चनाखो भई बाकी रहेको रहलपहल आगो निभाउने ।

७. डढेलो विरुद्ध लड्न समन्वयात्मक कार्य गर्ने तथा संस्थागत क्षमता सुदृढीकरण गर्ने ।

८. डढेलो अनुगमन प्रणाली स्थापना तथा सञ्चालन गर्ने ।

धेरै पढिएको

शिफारिस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here