Monday, April 15, 2024
16.1 C
Kathmandu

हावाहुरी सहित वर्षाको सम्भावना

क्रियटिभ खबर, १५ चैत्र २०७८, काठमाण्डौं। प्रदेश १ का पहाडी भूभागहरूका थोरै स्थानहरु तथा बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक वर्षाको साथै हावा हुरीको समेत सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेकाे छ । साथै तराई भू-भागहरुमा हल्का तापक्रम बढ्ने क्रममा रहेकोले गर्मीका कारण हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ।

दिउँसो : प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू(भागमा आंशिक बदली रहने छ। प्रदेश १ का पहाडी भूभागहरूका थोरै स्थानहरु तथा बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ।

राती : प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।



धेरै पढिएको

शिफारिस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here