Saturday, July 20, 2024
24.1 C
Kathmandu

पूर्व सूचना प्रणाली (Early warning system) ले कसरी काम गर्छ ?

क्रियटिभ खबर, १६ चैत्र २०७८, काठमाण्डौं। पूर्व सूचना प्रणाली भनेको विपद्का घटना हुनुभन्दा अगाडि शव्द, आवाज, वा कुनै संकेत दिने यान्त्रीक प्रणाली हो । यसले नियमित प्रकृतिमा अचानक देखिने फेरबदललाई आधार मानेर पूर्व संकेत प्रदान गर्दछ । विपद् पूर्व चेतावनी प्रणाली एउटा प्रकृया हो जसमा सम्भावित हानी, नोक्सानी एवम् क्षति कम गर्न जोखिम क्षेत्रमा रहेका व्यक्ति, समुदाय एवम् संघ, संस्थाहरुलाई पूर्व तयारीमा रहन र समयमा नै उपयुक्त ढंगले कार्य गर्न आवश्यक पर्ने सूचना/पूर्व चेतावनी प्रदान गर्दछ । विपद् पूर्व चेतावनीको उद्देश्य विपद्बाट हुने जनधनको क्षति कम गर्नु हो । नेपालमा विपद्का पूर्व सूचनामा बाढी र पहिरोको क्षेत्रमा बढी प्रभावकारी मानिएको छ । तर अब बहु प्रकोपीय विपद्का लागि पनि पूर्व सूचना प्रणालीको विकास गर्नु आवश्यक छ ।

यसले काम गर्ने तरिका :

१. बाढीको पूर्व सूचनाका लागि नदीमा पानीको सतह र बहावको नियमित मापन र मुल्यांकनका लागि स्वचालित रेकर्डर जडान गरिन्छ । यो रेकर्डरले नदीको नियमित सतह भन्दा माथि पानीको बहाव उत्पन्न हुने बित्तिकै जल तथा मौसम विज्ञान विभागको सर्भरमा संकेत प्रवाह गर्दछ जसले गृह मन्त्रालय अन्तर्गत भएको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्र लगायत, विपद्का क्षेत्रमा काम गर्न तोकिएका निकायको मोनिटर डिस्प्ले वा मोवाइल वा ईमेल मार्फत सूचना प्रवाह गर्छ । यस्ता निकायले सूचनाका आधारमा मातहतका निकाय मार्फत सचेतना र उद्धारका कार्य सञ्चालन गर्दछन् ।

२. स्वचालित रेकर्डरले एकातिर सर्भर माफत जल तथा मौसम विज्ञान विभागमा संकेत पठाउछ र विभागले सो नदीका तटीय क्षेत्रका समुदायमा मोबाइल फोनमा स्वचालित सन्देश प्रवाह गर्दछ । हाल विभागले दुरसञ्चार सेवा प्रदायक कम्पनीहरु नेपाल टेलिकम र एन.सेल मार्फत यस्तो स्वचालित सन्देश पठाउने गरेको छ । यस्ता सन्देशजन्य पूर्व सूचनाले बाढी आउनु अघि नै सुरक्षित स्थानमा सार्न र जनधनको सम्भावित क्षतिबाट जोगाउन सहज बनाउछ ।

धेरै पढिएको

शिफारिस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here