Saturday, July 20, 2024
24.1 C
Kathmandu

विपद् व्यवस्थापनमा स्वयंसेवक परिचालन गर्न बाटो खुलेको छ ।

क्रियटिभ खबर, २७ बैशाख २०७९, काठमाण्डौं। विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन कार्यकारी समितिको, २०७८ माघ १४ गते बसेकाे १२ औँ बैठकले “विपद् व्यवस्थापन स्वयंसेवक ब्युरो गठन र परिचालन कार्यविधि, २०७८” पारित गरेसँगै संस्थागत रूपमा स्वयंसेवक परिचालन गर्ने बाटो खुलेको हो । यस कार्यविधिको मुख्य उद्देश्य प्राकृतिक तथा गैर प्राकृतिक प्रकोपजन्य विपद्को जोखिम न्यूनीकरण र व्यवस्थापनका लागि स्वयंसेवकहरूको संस्थागत विकास एवं परिचालन गरी विपद् व्यवस्थापनको प्रभावकारिता अभिवृद्धि गर्नु हो ।

विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी, विपद् प्रतिकार्य, पुनर्निर्माण र पुनर्स्थापनाका लागि स्वयंसेवकहरूलाई परिचालन र व्यवस्थापन गर्न आवश्यक नीतिगत, कानुनी र संरचनागत व्यवस्था गरी प्राकृतिक तथा गैर प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षति कम गर्न विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ (प्रथम संशोधन २०७५) को दफा ४८ ले दिएको अधिकार प्रयोग गरी कार्यकारी समितिले कार्यविधि बनाएको छ । कार्यविधिले वडा स्तरसम्मको ब्युरो संरचनाको परिकल्पना गरेको छ ।

यसअघि पनि विपद्का घटना हुनासाथ तत्काल स्थानीय व्यक्तिहरू स्वस्फूर्त रूपमा उद्धार कार्यमा सहभागी भए पनि यसलाई थप व्यवस्थित र मर्यादित बनाउने तथा प्रणाली भित्र ल्याउन खोजिएको समितिले जनाएको छ । वडा स्तरसम्म यस किसिमका ब्युरो बनेपछि उद्धार र प्रतिकार्य थप प्रभावकारी हुने प्राधिकरणको विश्वास छ ।

धेरै पढिएको

शिफारिस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here