Monday, April 15, 2024
16.1 C
Kathmandu

बाढी र डुबानको जोखिम कम गर्न अपनाउनुपर्ने पूर्वतयारीका उपायहरू

क्रियटिभ खबर, २९ बैशाख २०७९, काठमाण्डौं। खोला, खोल्सा तथा नदीमा औसत भन्दा बढी मात्रामा पानीको प्रवाह हुनुलाई बाढी भनिन्छ । मनसुन सुरु हुन लागेसँगै बाढी र डुबानको जोखिम उच्च हुने गर्दछ । अत्यधिक वर्षाका कारण होचो स्थानमा भएका बस्ती, नदी तथा खोला किनारका बस्तीहरू बर्सेनि डुबान भइ जनधनको क्षति हुने गर्दछ । यसर्थ, मनसुन पूर्व नै बाढी पूर्वतयारीका उपायहरूमा विशेष ध्यान दिनुपर्छ ।

बाढी र डुबानको जोखिम कम गर्न अपनाउनुपर्ने पूर्वतयारीका उपायहरू :

१. खोला, नदी अतिक्रमण नगर्ने र भएको अतिक्रमण हटाउने । 

२. घर, विद्यालय, स्वास्थ्य संस्था, शौचालय जस्ता संरचनाको निर्माण गर्दा सुरक्षित तथा उच्च स्थानमा बनाउने ।

३. पानी बगेर जाने खोला, नहर र ढलहरूको नियमित सरसफाइ गर्ने । 

४. बाढीले कटान र डुबान गर्न सक्ने सम्भावित क्षेत्रमा तटबन्ध वा छेकबार निर्माण गर्ने । 

५. समुदायका लागि विपद् व्यवस्थापन कोषको स्थापना र अस्थायी आश्रय स्थलहरूको निर्माण गर्ने ।

६. बाढीको जोखिममा रहेका समुदायमा पूर्व चेतावनी प्रणाली राख्ने ।

७. आपत्कालीन परिस्थितिमा जीवन रक्षा गर्नका लागि प्राथमिक उपचारका सिपहरू सिक्ने ।

८. घर, विद्यालय अथवा काम गर्ने ठाउँमा बाढी सम्बन्धी कार्य योजनाबारे जानकारी लिई समय–समयमा अभ्यास गर्ने । 

 

 

धेरै पढिएको

शिफारिस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here