Monday, April 15, 2024
16.1 C
Kathmandu

प्राधिकरणले मनसुन पूर्वतयारी कार्य योजना आगामी हप्ताभित्र पठाउन विषयगत क्षेत्रहरूलाई आग्रह गरेको छ ।

क्रियटिभ खबर, ०६ जेष्ठ २०७९, काठमाण्डौं। मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्य योजना २०७९ को मस्यौदा माथि जेष्ठ ०५ गते विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, विभिन्न मन्त्रालयहरू, विषयगत क्षेत्र तथा सहयोगी निकायहरूबिच छलफल सम्पन्न भएको थियो । छलफलमा विभिन्न मन्त्रालय तथा विषयगत क्षेत्रका प्रतिनिधिहरूले आ–आफ्ना क्षेत्रको अवस्था र तयारीबारे जानकारी गराएका थिए । जल तथा मौसम विज्ञान विभागले यस वर्ष पनि औसत भन्दा बढी वर्षा हुने पूर्वानुमान गरिसकेको सन्दर्भमा सम्भावित विपद्को जोखिमलाई ध्यानमा राखी पूर्वतयारी गरिनुपर्नेमा सबैले जोड दिनुभएको छ । आ–आफ्नो क्षेत्रले तयार गरेका मनसुन पूर्वतयारी कार्य योजना आगामी हप्ताभित्र पठाउन विषयगत क्षेत्रहरूलाई विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ ।                       

स्रोत (फोटो तथा समाचार) : विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA)

धेरै पढिएको

शिफारिस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here