Monday, April 15, 2024
16.1 C
Kathmandu

मेघ गर्जन/चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना ।

क्रियटिभ खबर, ०८ जेष्ठ २०७९, काठमाण्डौं। मौसम पूर्वानुमान महाशाखाले आज बिहान मौसम बुलेटिन जारी गर्दै, आइतबार देशभर आंशिकदेखि सामान्य बदली रहने र लुम्बिनी र मधेस प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । ‘मेघ गर्जन/चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध छ,’ बुलेटिनमा भनिएको छ ।

महाशाखाले आइतबार राती मधेस, बागमती र गण्डकी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने जनाएको छ । प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघ गर्जन/चट्याङ हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

धेरै पढिएको

शिफारिस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here