Monday, April 15, 2024
16.1 C
Kathmandu

सर्प दंशबाट बच्न के गर्ने र सर्पले टोकेमा के गर्ने त ?

क्रियटिभ खबर, १० जेष्ठ २०७९, काठमाण्डौं। बर्खा लाग्न लाग्यो, यति बेला चट्याङ, हावाहुरीसँगै सर्प दंशको जोखिम पनि बढी हुने गर्छ । सर्पले टोक्दा अपनाइने परम्परागत धारणा र विश्वासका कारण समयमै उपचार नपाएर धेरैले ज्यान गुमाउने गरेको कुरा त हामीलाई थाह नै छ । त्यस्ता भ्रमहरूको अन्त्य गरी, सर्प दंशबाट बच्न र सर्पले टोकेमा के गर्ने भन्ने बारेमा सबैलाई जानकारी हुनु आवश्यक हुन्छ । यसका साथै, आफ्नो नजिकको सर्प दंशको उपचार केन्द्र र अस्पतालको बारेमा पनि चासो राख्नुपर्छ ।

सर्प दंशबाट बच्न अपनाउनुपर्ने उपायहरू :

१. घर अगाडिका झाडी, बोटबिरुवाहरू काटेर सफा गर्ने ।
२. घर, भित्तामा भएका प्वाल टाल्ने र मुसा छिर्ने दुलोहरू पुर्ने ।
३. जाली ढोकाहरू बन्द गर्ने ।
४. खेतबारीमा काम गर्दा पूरा बाहुलाको कपडा र खुट्टामा छालाको बुट लगाउने ।
५. रातिमा हिडंडुल गर्दा लाइट बालेर हिँड्ने ।
६. बाहिर सुत्नु परेमा झुल लगाउने ।

सर्पले टोकेमा ध्यान दिनुपर्ने कुराहरू :

१. सर्पले टोकेको व्यक्ति आत्तिन सक्छन् सान्त्वना दिने गरौँ ।
२. सर्पले टोकेको व्यक्तिलाई केही पनि खान र सुत्न नदिऔँ ।
३. शरीरमा भएको घडी, चुरा, औँठी, पाउजु, पेटी खोली दिऔँ ।
४. सर्पले टोकेको ठाउँलाई मिलेसम्म मुटुको सतह भन्दा तल पार्न लगाऔँ ।
५. सर्पले (टोकेको भागलाई डोरी वा ट्युबले अत्यधिक कसेर नबाँधौँ) टोकेको ठाउँ छोप्न सफा, सुख्खा पट्टीले बलियो गरी बेर्ने र सो पट्टी नहल्लियोस् भनेर अर्को पट्टीले कस्ने गरौँ ।
६. सर्पले टोकेको भागलाई हलचल गराउन र हिँड्न नदिऔँ ।
७. धामी, झाँक्रीको खोजीमा समय बरबाद नगरौँ, तुरुन्त अस्पताल वा सर्प दंशको उपचार केन्द्रमा लैजाऔँ ।
८. सवारी साधनमा लैजाँदा घाइतेलाई बसालेर लैजाऔँ ।

धेरै पढिएको

शिफारिस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here