Monday, April 15, 2024
16.1 C
Kathmandu

सबै प्रदेशका ठुला सहरमा ‘इभाकुएसन पार्क’ निर्माण गर्ने

क्रियटिभ खबर, ११ जेष्ठ २०७९, काठमाण्डौं। सरकारले काठमाडौँ उपत्यका भित्रका चार स्थान र सबै प्रदेशका ठुला सहरमा विपद् लक्षित ‘इभाकुएसन पार्क’ निर्माण गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसँग सम्बन्धित नीति उक्त कार्यक्रममा उल्लेख गर्नुभएको हो ।

त्यस्तै, बेमौसमी वर्षा, बाढी, पहिरो, खडेरी, आगलागी लगायतका प्राकृतिक, मानवीय एवं जैविक प्रकोपको तत्काल सम्बोधन गर्न सक्ने गरी विपद् पूर्वतयारी, पूर्व सूचना, प्रतिकार्य, पुनर्निर्माण, र पुनर्स्थापना व्यवस्था सुदृढ बनाइने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । विपद् प्रभावितको उद्धार, आपतकालीन बसोबास र उपचारका लागि तीनै तहमा स्वयंसेवकको परिचालन गर्ने र विपद् जोखिम न्यूनीकरण वित्तीय रणनीति कार्यान्वयन गरिने कार्यक्रमलाई प्राथमिकता दिइएको छ । विपद् व्यवस्थापन सम्बन्धी सबै प्रकारका तालिम एकीकृत रूपमा सञ्चालन गर्ने एवं विपद् प्रतिकार्य र उद्धारमा नेपाली सेनालगायत सबै सुरक्षा निकायहरूलाई समन्वयात्मक रूपमा परिचालन गरिने नीतिलाई सरकारले निरन्तरता दिने भएको छ । विपद् व्यवस्थापनमा आधुनिक, वैज्ञानिक तथा पारम्परिक ज्ञान दुवैको प्रयोग गर्ने नीति लिइने, जल तथा मौसम पूर्वानुमान तथा पूर्व सूचना प्रणालीलाई भरपर्दो बनाइने नीतिमा उल्लेख छ ।

 

स्रोत (फोटो तथा समाचार) : विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA)

धेरै पढिएको

शिफारिस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here