Monday, April 15, 2024
16.1 C
Kathmandu

हावाहुरीको जोखिमबाट कसरी बच्ने र हावाहुरी चलेका समयमा के गर्ने ?

क्रियटिभ खबर, १२ जेष्ठ २०७९, काठमाण्डौं। हावाहुरीका कारण मानवीय मृत्यु, घाइते हुने र आर्थिक क्षति हुने खबरहरू त अहिले हामीले सुनिराखेका छौ । तर हावाहुरीको जोखिमबाट कसरी बच्न सकिन्छ र हावाहुरीका समयमा के गर्ने भन्ने सम्बन्धी त्यति ध्यान दिँदैनौँ ।

हावाहुरीको जोखिमबाट कसरी बच्न सकिन्छ ?

१. घर बनाउँदा नै हावाहुरी प्रतिरोधी छानाको निर्माणमा ध्यान दिने ।
२. आफ्नो घर, कार्यस्थल कतिको हावाहुरी प्रतिरोधी छ ख्याल गरौँ ।
३. फुसको छानालाई ग्याबियन तारले राम्ररी कसेर बाँध्ने ।
४. जस्तापाताको छानालाई जे हुक (J-Hook) ले राम्ररी कसेर बाँध्ने ।
५. घरको छतमा गमला, इँटा जस्ता सामग्रीहरू खुल्ला नराख्ने ।
६. फलामको रेलिङ नझर्ने गरी व्यवस्थित तरिकाले मात्र राख्ने ।

हावाहुरीको समयमा के गर्ने ?

१. झ्याल ढोका बन्द गर्ने र घर भित्रै बस्ने ।
२. सवारी साधन, मोटरसाइकल, साइकल चलाइराखेको बेला हावाहुरी चले रोकेर सुरक्षित स्थान खोजेर बस्ने ।
३. बजार, वा भिडभाड भएको बेला हावाहुरी चले भाग दौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा गएर बस्ने ।
४. खुल्ला ठाउँमा भएका बेला हावाहुरी चले थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो परेर बस्ने ।
५. हावाहुरी चल्दा रुख मुनि वा कमजोर भौतिक संरचना भएको स्थानमा नबस्ने ।
६. हतार नगरौँ तपाईँको एक लापरबाहीका कारण हावाहुरीले ज्यान पनि जान सक्छ, त्यसैले सतर्क रहौँ ।

स्रोत (फोटो) : विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA)

धेरै पढिएको

शिफारिस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here