Monday, April 15, 2024
16.1 C
Kathmandu

प्राधिकरणले सञ्चालनमा ल्याएको Kobocollect App र Reconstruction.ndrrma.gov.np ले कसरी काम गर्छन् ?

क्रियटिभ खबर, १८ जेष्ठ २०७९, काठमाडौँ । नेपाल सरकारले मनसुनजन्य विपद्बाट क्षति पुगेका निजी आवास पुनर्निर्माण तथा पुनर्स्थापना अनुदान कार्यविधि, २०७७ र आगलागीजन्य विपद् प्रभावित निजी आवास पुनर्निर्माण तथा पुनर्स्थापना अनुदान वितरण कार्यविधि, २०७८ कार्यान्वयनमा ल्याएको कुरा त हामीलाई थाहा नै छ । यी कार्यविधिहरूलाई व्यवस्थित रूपमा सञ्चालनमा र प्रक्रियामा ल्याउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दुईवटा प्रणालीहरू तयार गरेको छ ।

१. Kobocollect App (NDRRMA Kobocollect mobile App) : स्थानीय पालिकाका प्राविधिकहरूले यो मोबाइल app को प्रयोग गरी जुन घरमा क्षति भएको छ त्यहा स्थलगत सर्वेक्षण गरी भौगोलिक स्थान (Geo location) सहित फोटो खिचेर स्थानीय पालिकामा दिन्छन् ।

२. Reconstruction.ndrrma.gov.np : Kobocollect App बाट प्राप्त भएको सूचनाहरूलाई पालिकाबाट प्रमाणित गरी स्थानीय विपद् व्यवस्थापन समितिको बैठकबाट पारित गरिन्छ । पारित भएपछि ती सूचनाहरू जिल्ला प्रशासन कार्यालय सम्म पठाउने कार्यको लागि यो साइटको प्रयोग गरिन्छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका शाखा अधिकृत भिमराज बस्नेत भन्नुहुन्छ “यी दुई वटा app ले धेरै सहज पुर्‍याएको छ । यसका लागि स्थानीय तहको भूमिका महत्त्वपूर्ण हुन्छ । जति छिटो स्थानीय तहबाट निजी आवास क्षति भएका विवरणहरू सङ्कलन गरेर जिल्ला प्रशासन कार्यालय मार्फत प्रदेश सरकार, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा प्राप्त हुन्छ त्यति नै छिटो लाभग्राहीलाई रकम पठाउन सहज हुन्छ ।”

स्रोत : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले राखेको भिडियो दस्ताबेज

धेरै पढिएको

शिफारिस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here