Monday, April 15, 2024
16.1 C
Kathmandu

नेपालको कुन स्थान र कुन समयमा बढी चट्याङ पर्छ ?

क्रियटिभ खबर, १९ जेष्ठ २०७९, काठमाडौँ । चट्याङबाट बच्नका लागि गर्नुपर्ने पूर्वतयारी तथा चट्याङका समयमा अपनाउनुपर्ने सावधानीका बारेमा त हामीलाई थाहा नै छ । कुन स्थान (भेग) मा, कुन समयमा बढी चट्याङ जोखिम हुन्छ भन्नेबारे हालसालै गरेको अनुसन्धानले केही कुरा पुष्टि गरेको छ। सोही अनुसन्धान अनुसार, नेपालको दक्षिण पूर्वी भू-भाग झापा, मोरङमा सबैभन्दा बाढी चट्याङ पर्ने देखिएकाे छ भने मानवीय क्षति चुरे बेल्ट (पूर्व देखि करिब करिब पश्चिम) सम्मै भएको देखिएकाे छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले राखेको भिडियो दस्ताबेजमा चट्याङ विशेषज्ञ, श्रीराम शर्मा भन्नुहुन्छ “चट्याङको आकृति पनि पूर्व मनसुन (वैशाख, जेठ, असार) को सुरुवात सम्म पूर्वी तराईको चुरे बेल्टदेखि नवलपरासी सम्म बढी पर्ने गर्छ । पोस्ट मनसुन (बर्सात पश्चात्) पश्चिमतिर बढी चट्याङ परेको देखिन्छ । त्यसैले मौसम अनुसार पनि चट्याङको प्रकृति फरक फरक र फरक फरक ठाउँमा पर्ने देखियो ।”

श्रीराम शर्मा थप्नुहुन्छ “हालसालै गरेको अनुसन्धानले, तराई क्षेत्रमा रातिको ८ बजे पछाडि रातिको १२ बजे र बिहानको ४ सम्म अत्यधिक चट्याङ परेको देखियो भने पहाडी भू-भागमा चुरे देखि लिएर महाभारत रेन्जमा दिउसो २ बजेदेखि बेलुका ८ बजे सम्म अत्यधिक चट्याङ परेको देखियो ।”

यो हेर्दा पनि चट्याङ पर्ने समय, यसको क्षेत्रगत रूपमा पनि विभाजित छ भन्ने बुझिन्छ। कुन भू-भागमा कति बेला चट्याङ पर्छ भन्ने कुरा यो अनुसन्धानले जानकारी दिएको उहाँ बताउनुहुन्छ । नेपालको कुनै पनि भू–भागमा चट्याङ नपर्ने भन्ने नभएता पनि हिमाली भू-भागमा निकै कम चट्याङ पर्ने, तराई र महाभारत रेन्जमा अत्यधिक बढी पर्ने अनुसन्धानले बताएको छ । यसरी कुन क्षेत्रमा कुन समयमा अत्यधिक चट्याङ पर्छ भन्ने थाहा हुने बित्तिकै सो समयमा सचेत रहन प्राधिकरणले आग्रह गरेको छ ।

स्रोत (फोटो तथा समाचार) : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको भिडियो दस्ताबेज

धेरै पढिएको

शिफारिस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here