Monday, April 15, 2024
16.1 C
Kathmandu

हिउँद र सुख्खा मौसममा मात्र होइन बर्खा याममा पनि आगलागीबारे सचेत रहौँ।

क्रियटिभ खबर, २० जेष्ठ २०७९, काठमाडौँ । हिउँद र सुख्खा मौसममा मात्र होइन, बर्खा याममा पनि आगलागीका घटना हुने गर्दछन् । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्रकाशित गरेको जेठ १९ गते बिहान १० बजेदेखि २० गते बिहान १० बजे सम्मको दैनिक विपद् बुलेटिन अनुसार, झापा, सप्तरी, काठमाडौँ, बाँके, सर्लाही र कैलालीमा गरी ७ वटा आगलागीका घटनाहरू भएका छन् । करिब १ करोड ३६ लाख ५५ हजार बराबरको आर्थिक क्षति भएको छ भने सो घटनाहरूमा मानवीय क्षति भने नभएको प्रकाशित बुलेटिनमा उल्लेख गरिएको छ । प्रहरी, दमकल र स्थानीयको सहयोगमा सबै स्थानमा समयमै आगो नियन्त्रण गर्न सकिएको प्राधिकरणले जनाएको छ । त्यसैले, आगलागीको जोखिम हिउँद र सुख्खा मौसममा मात्र नभई बर्खा याममा पनि हुन सक्ने भन्दै प्राधिकरणले आगो, ग्याँसको सावधानीपूर्वक प्रयोग र विद्युतीय स्रोतसाधनको समय समयमा मर्मत सम्भार तथा विद्युतीय स्रोतसाधनको प्रयोग गर्दा सचेत रहन प्राधिकरणले आग्रह गरेको छ ।

स्रोत (फोटो तथा समाचार) : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण

धेरै पढिएको

शिफारिस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here