Monday, April 15, 2024
16.1 C
Kathmandu

आज विश्व वातावरण दिवस “Only One Earth”

क्रियटिभ खबर, २२ ज्येष्ठ २०७९, काठमाडौँ । आज जुन ५ अर्थात् विश्व वातावरण दिवस, संसारभर वातावरण संरक्षणमा जोड दिँदै विभिन्न कार्यक्रमहरूको आयोजना गरी मनाइँदै छ । विश्व वातावरण दिवस २०२२ को नारा “एक मात्र पृथ्वी“ राखिएको छ जसमा पृथ्वीको संरक्षण: दिगो प्रकृतिमैत्री जीवनयापन को महत्त्वलाई जोड दिँदै विभिन्न कार्यक्रमहरूको आयोजना भएका छन् ।
विश्व वातावरण दिवस, वातावरणका लागि सबैभन्दा ठुलो अन्तर्राष्ट्रिय दिवस हो । संयुक्त राष्ट्र सङ्घको आह्वान तथा नेतृत्वमा सन् १९७३ देखि वार्षिक रूपमा यो दिवस मनाउँदै आइएको छ । यो विश्वव्यापी वातावरण सम्बन्धी जनचेतना जगाउने सबैभन्दा ठुलो कार्यक्रमको रूपमा विकसित भएको छ । संसारभरिका लाखौँ मानिसहरू यस ग्रहको रक्षा गर्न संलग्न भएका छन् ।
स्रोत (फोटो तथा समाचार) : वन तथा वातावरण मन्त्रालय

धेरै पढिएको

शिफारिस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here