Saturday, July 20, 2024
24.1 C
Kathmandu

नेपाल प्रवेश गर्‍यो यस वर्षको मनसुन

क्रियटिभ खबर, २२ ज्येष्ठ २०७९, काठमाडौँ । नेपालमा यस वर्षको मनसुन सुरु भएको छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । तर जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार यस वर्षको मनसुन प्रणाली आज मिति २०७९/०२/२२ का दिन नेपालको प्रदेश १ मा आगमन भएको छ । यस वर्षको मनसुन सरदर मिति भन्दा अगाडी नै नेपालको पूर्वी भू–भागमा प्रवेश गरेको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालको अन्य भू–भागमा भने केही दिन पछि मनसुन प्रवेश हुने अनुमान छ । यस वर्षको मनसुनी प्रणालीलाई मौसम पूर्वानुमान महाशाखाले निरन्तर अनुगमन गरिरहेको र सोही अनुसार नियमित रूपमा मौसमी सूचना जारी गर्दै जाने बताएको छ । 
स्रोत (फोटो तथा समाचार): मौसम पूर्वानुमान महाशाखा, जल तथा मौसम विज्ञान विभाग

धेरै पढिएको

शिफारिस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here