Saturday, July 20, 2024
24.1 C
Kathmandu

१२ जिल्लाका स-साना नदीहरूमा बाढीको सम्भावना, सतर्कता अपनाउन आग्रह

क्रियटिभ खबर, २३ जेष्ठ २०७९, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले तिन दिने बुलेटिन जारी गर्दै “झापा, मोरङ, सुनसरी, सङ्खुवासभा, भोजपुर, दोलखा, रामेछाप, मकवानपुर, ललितपुर, लमजुङ, गुल्मी, पाल्पा र आसपासका जिल्ला भई बहने केही स–साना नदीहरूमा बहाव बढ्ने पूर्वानुमान छ।” भन्दै नदी तटीय क्षेत्रहरूमा सामान्य सतर्कता अपनाउन आग्रह गरेको छ ।

तिन दिने बाढी पूर्वानुमान बुलेटिन (२०७९ जेष्ठ २३ देखि जेष्ठ २५ सम्म)
जेष्ठ २३
आज झापा, मोरङ, सुनसरी, सङ्खुवासभा, भोजपुर, दोलखा, रामेछाप, मकवानपुर, ललितपुर, लमजुङ, गुल्मी, पाल्पा र आसपासका जिल्ला भई बहने केही स–साना नदीहरूमा बहाव बढ्ने पूर्वानुमान रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । साथै देशका प्रमुख तथा मझौला नदीहरूमा बहाव सामान्य तथा सतर्कता तह भन्दा तलै रहने पनि महाशाखाले जनाएको छ ।

जेष्ठ २४
प्रदेश १, मधेस प्रदेश, बागमती र लुम्बिनी प्रदेशको मध्य पहाड, चुरे र तराई भई बहने केही स-साना नदीहरूमा बहाव बढ्न सक्ने पूर्वानुमान रहेको र अन्य स्थानमा नदीको बहाव सामान्य घटबढ भए पनि सतर्कता तहभन्दा तलै रहने महाशाखाले जनाएको छ ।

जेष्ठ २५
कोशी, नारायणी र यसका सहायक नदीहरूमा बहाव सामान्य बढ्ने र कन्काइ, प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशको मध्य पहाड, चुरे र तराई भई बहने केही स-साना नदीहरूमा बहाव बढ्न सक्ने पूर्वानुमान रहेको र अन्य स्थानमा नदीको बहाव सामान्य घटबढ भए पनि सतर्कता तहभन्दा तलै रहने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

स्रोत (फोटो तथा समाचार) : जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखा

धेरै पढिएको

शिफारिस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here