Monday, April 15, 2024
16.1 C
Kathmandu

बाढी आइहालेमा के गर्ने ?

क्रियटिभ खबर, २४ जेष्ठ २०७९, काठमाडौँ । मनसुन सुरु भएसँगै बाढी र डुबानको जोखिम पनि बढ्ने गर्छ । अत्यधिक पानी परेका बेला नदी, खोला, खोल्सा तथा होचो स्थानहरूमा बाढी आएर बस्ती नै डुबान हुने गर्दछ । बाढीको समयमा, सतर्कता अपनाउँदै, समयमै सुरक्षित तथा अग्लो स्थानमा निस्कन सकियो भने केही हद सम्म मानवीय क्षति हुनबाट बच्न सकिन्छ । यसका साथै, बाढीको समयमा अपनाउनुपर्ने क्रियाकलापका बारेमा जानकारी हुनु पनि आवश्यक हुन्छ ।

बाढी आइहालेमा के गर्ने ?

१. बाढी आएको थाहा पाएमा नदी, खोला वरपरका समुदायमा बाढीको सूचना दिने र अग्लो तथा सुरक्षित स्थानमा गई बस्न आग्रह गर्ने ।

२. तालिम लिएका उद्धारकर्ता तथा प्रहरीलाई खबर गर्ने ।

३. बाढीको समयमा यदि मोटरसाइकल, सवारी साधनमा भएमा बाढीमा पस्ने काम नगर्ने र सवारी साधनबाट निस्किएर नदी तथा खोला भन्दा टाढा अग्लो स्थानमा गई बस्ने ।

४. उद्धार गर्दा  बालबालिका, अशक्त, महिला र ज्येष्ठ नागरिकलाई प्राथमिकता दिने ।

५. घाइतेको अवस्था हेरी प्राथमिक उपचार गरी आवश्यक परेमा अस्पताल पठाउने प्रबन्ध मिलाउने ।

६. बाढीको समयमा खोला तथा नदीमा माछा मार्ने र बाढीले बगाएका सामान छोप्न जाने जस्ता कार्य नगर्ने ।

७. बाढी पछी महामारी फैलन सक्ने हुनाले सरसफाइमा ध्यान दिने ।

 

धेरै पढिएको

शिफारिस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here