Monday, April 15, 2024
16.1 C
Kathmandu

के हामीले प्राधिकरणले भने जस्तै बाढी पूर्वतयारीका उपायहरु अपनाएका छौ ?

क्रियटिभ खबर, २५ जेष्ठ २०७९, काठमाडौँ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढीको पूर्वतयारी र बाढीको समयमा गर्नुपर्ने उपायहरूका बारेमा जानकारी मूलक भिडियो दस्ताबेज जारी गर्दै बर्सात अघि नै बाढीको जोखिम कम गर्ने उपायहरू अपनाएमा धेरै हद सम्म जनधनको क्षति कम गर्न सकिने बताएको छ।

बाढी पूर्वतयारीका उपायहरू :

१. बर्खा याम सुरु हुनु अघि नै स्थानीय तहको सहयोगमा ढल तथा नालाको निकास तथा मर्मत गर्ने,

२. खुला स्थान र पोखरीहरूको संरक्षण गर्ने,

३. नदी किनारमा तटबन्ध निर्माण र वृक्षारोपण गर्ने,

४. खोला किनारमा र बाढीको जोखिम भएको ठाउँमा घर, स्कुल जस्ता संरचना निर्माण बनाउन रोक लगाउने,

५. डुबान हुन सक्ने क्षेत्रमा रहेका घरहरूलाई डुबान संवेदनशील बनाउन प्रोत्साहन गर्ने,

६. आपत् पर्दा जानुपर्ने सुरक्षित स्थान र बाटो पहिले नै पहिचान गर्ने,

७. स्थानीय तहमा विपद् पूर्वतयारी कोष खडा गरी औषधि, सफा पानी लगायत अति आवश्यक सामग्रीहरूको जोहो गर्ने,

८. तालिम प्राप्त स्वयंसेवक समूह बनाउने ।

स्रोत (समाचार) : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको भिडियो दस्ताबेज

 

धेरै पढिएको

शिफारिस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here