Monday, April 15, 2024
16.1 C
Kathmandu

९ जिल्लामा बाढीको सम्भावना, सतर्कता अपनाउन आग्रह

क्रियटिभ खबर, २६ जेष्ठ २०७९, काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले तिन दिने बुलेटिन जारी गर्दै, “आगामी ३ दिन सम्म प्रमुख नदीहरू कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बागमती, बबई, पश्चिम राप्ती र यसका सहायक नदीहरूको बहाव सामान्य घटबढ हुने तथा सतर्कता तह भन्दा तलै रहने भएकाले नदी तटीय क्षेत्रका कार्य सामान्य सजगताको साथ गर्न सकिने छ ।” महाशाखाले भनेको छ ।

तिन दिने बाढी पूर्वानुमान

जेष्ठ २६
आज इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, ओखलढुङ्गा, काभ्रेपलान्चोक, तनहुँ, स्याङ्जा र आसपास भई बहने केही स–साना नदीहरूमा आकस्मिक बहाव बढ्न सक्ने सम्भावना रहेकोले सामान्य सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

जेष्ठ २७
प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू–भाग भई बहने केही स–साना नदीहरूमा बहाव बढ्ने तर अधिकांश नदीहरूमा बहाव सतर्कता तह भन्दा तलै रहने पूर्वानुमान रहेको विभागले जनाएको छ ।

जेष्ठ २८
पहाडी भूभाग भई बहने स–साना नदीहरूमा बहाव सामान्य बढ्ने तर अधिकांश नदीमा बहाव सतर्कता तह भन्दा तलै रहने पूर्वानुमान रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

स्रोत (फोटो तथा समाचार) : जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखा

धेरै पढिएको

शिफारिस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here