Monday, April 15, 2024
16.1 C
Kathmandu

के तपाईँलाई पहिरोका पूर्व सङ्केतहरूबारे थाहा छ ?

क्रियटिभ खबर, २७ जेष्ठ २०७९, काठमाडौँ । वर्षा मौसम सुरु भएसँगै पहिरोको जोखिम पनि बढ्ने गर्छ । पहिरो जानु पूर्व नै पहिरोका पूर्व सङ्केतहरू देखा पर्ने गर्दछन् । जसलाई हामीले त्यति ध्यान दिइँदैन । पहिरोका पूर्व सङ्केतहरूको बारेमा थाहा पायौँ र समयमै सुरक्षित स्थानतिर पुग्न सकियो भने पनि केही हदसम्म मानवीय क्षति हुनबाट बच्न सकिन्छ । 

पहिरोका पूर्व सङ्केतहरू :

१. प्रायः सुक्खा रहने भिरालो जमिन पानी नपर्दै रसाउनु ।

२. जमिन भुक्क फुल्नु, भासिनु, चिरा पर्नु, धाँजा फाट्नु ।

३. जमिनमा पहिलेदेखि नै रहेको चिरा वा धाँजा फराकिलो हुँदै जानु ।

४. रुख, बिजुलीको पोल वा घरका खाँबा ढल्किँदै जानु ।

५. घरको भित्ता, पर्खालमा चिरा देखिनु र बढ्दै जानु ।

६. घरका झ्याल ढोका बाङ्गिनु र खोल्न गाह्रो हुनु ।

७. पानीको मूल सुक्नु, वा जमिनभित्रबाट पलाउने पानी धमिलो हुँदै जानु ।

८. रुख ढल्दै, ढुङ्गा–माटो सोहोरिँदै आएको जस्तो आवाज आउनु ।

९. जमिन मुनिबाट चट्टान फुटेकोजस्तो कट् कट् आवाज आउनु ।

१०. जमिन थर्केको जस्तो हुनु ।

स्रोत (फोटो तथा समाचार) :राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण

धेरै पढिएको

शिफारिस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here