Monday, April 15, 2024
16.1 C
Kathmandu

के हामीले प्राधिकरणले भने जस्तै पहिरो पूर्व तयारीका उपायहरू अपनाएका छौँ ?

क्रियटिभ खबर, ०१ असार २०७९, काठमाडौँ । बर्खा लागेसँगै पहिरोको जोखिम पनि बढ्ने गर्दछ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भिडियो दस्ताबेज राख्दै पहिरोको जोखिम कम गर्न समयमै पूर्व तयारीका उपायहरू अपनाएमा धेरै हदसम्म जोखिम कम गर्न सकिने बताएको छ ।

प्राधिकरणले पहिरो पूर्वतयारी र जोखिम कम गर्ने उपायहरूका बारेमा भन्दै पानीको मुहान, कुलेसो नाला भलहरू व्यवस्थित गर्ने र ठुलो पानी पर्दा कुलोलाई खोलैतर्फ फर्काउनुपर्ने बताएको छ । “खोला किनार र पहिरो जान सक्ने भिरालो क्षेत्रमा घर तथा स्कुल जस्ता संरचना नबनाउने ” प्राधिकरणले भनेको छ,  “जोखिमपूर्ण ठाउँमा बसोबास गरेको भए सुरक्षित ठाउँमा पहिले नै सर्ने” । अव्यवस्थित बाटो बिस्तार र रुख कटानमा रोक लगाउने र सडक वरिपरि वृक्षारोपण गर्नुपर्छ । चिरा परेको र धाँजा फाटेको जमिनलाई चिम्ट्याइलो माटो खादी पुरिदिने र प्लास्टिक तथा त्रिपालले पानी नपर्ने गरी छोप्नुपर्छ भनी प्राधिकरणले बताएको छ । विपद्बारे चासो राख्न र चनाखो हुन पनि प्राधिकरणको आग्रह छ ।

स्रोत (फोटो तथा समाचार) : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण

धेरै पढिएको

शिफारिस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here