Saturday, July 20, 2024
27.1 C
Kathmandu

पाँचथर, ताप्लेजुङ, सङ्खुवासभा, बागलुङ भई बहने नदीमा जल सतहले सतर्कता तह पार गर्ने सम्भावना

क्रियटिभ खबर, ०३ असार २०७९, काठमाडौँ । कोशीको सहायक नदी तमोरमा बहाव सतर्कता तह आसपास रहने पूर्वानुमान रहेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । ”कनकाई, कमला र यसका सहायक नदीमा आकस्मिक बहाव (Flash Flood) समेत हुन सक्ने पूर्वानुमान रहेकाले उक्त जिल्ला भई बहने स–साना नदीहरूका तटीय क्षेत्रमा सतर्कता अपनाऔं ” महाशाखाले भनेकाे छ । गए राति पनि पाँचथरस्थित तमोर नदी माझिटारमा जल सतहले सतर्कता तह पार गरेको थियो।

आज प्रदेश १ को पाँचथर, ताप्लेजुङ, सङ्खुवासभा, झापा, मोरङ, सुनसरी, उदयपुर खोटाङ, भोजपुर, ओखलढुङ्गा, मधेस प्रदेशको सप्तरी, सिराहा, धनुषा, महोत्तरी रौतहट, बागमती प्रदेशको दोलखा, सिन्धुपाल्चोक, मकवानपुर, धादिङ, चितवन, सिन्धुली, गण्डकी प्रदेशको गोरखा, लमजुङ, तनहुँ, नवलपरासी (ब.सु.पूर्व), पर्वत, बागलुङ, स्याङ्जा, कास्की, लुम्बिनी प्रदेशको (ब.सु.पश्चिम), पाल्पा, गुल्मी, प्युठान, र आसपास भई बहने केही स-साना नदीहरूमा बहाव बढ्ने र केहीमा आकस्मिक बहाव (Flash Flood) समेत हुन सक्ने पूर्वानुमान रहेको महाशाखाले जनाएको छ।

स्रोत (फोटो तथा समाचार) :जल तथा मौसम विज्ञान विभाग (बाढी पूर्वानुमान महाशाखा)

धेरै पढिएको

शिफारिस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here