Monday, April 15, 2024
16.1 C
Kathmandu

प्राधिकरणले भन्यो “सामान्य सावधानीले जनावर आतङ्क जस्ता घटना कम हुन्छ”

क्रियटिभ खबर, ०७ असार २०७९, काठमाडौँ । वैशाख यता हालसम्म जनावर आक्रमणका ४२ वटा घटनाबाट १२ जनाको मृत्यु, २४ जना घाइते भए । चितवन र बर्दियामा बाघको आक्रमणबाट बर्सेनि मानिसहरूको मृत्यु हुने गरेको छ । त्यसैले, वन क्षेत्र तथा वन क्षेत्रको आसपासमा हिँड्दा सावधानी अपनाउनु आवश्यक हुन्छ ।

जनावर आतङ्कबाट जोगिन के गर्ने ?

१. वन क्षेत्रमा एक्लै प्रवेश नगर्ने जानै पर्ने भएमा समूह बनाएर जाने ।

२. बालबालिका र ज्येष्ठ नागरिकलाई वन क्षेत्रमा प्रवेश नगराउने ।

३. रातको समयमा वन क्षेत्र भएर नहिँड्ने ।

४. आफ्नो घर बस्ती नजिकै भएका झाडीहरूको सरसफाइ गर्ने ।

५. ठाउँ–ठाउँमा बत्तीको व्यवस्था मिलाउने ।

६. घर, गोठ वरपर छेकबारहरू लगाउने ।

यस्ता सामान्य कुराहरूमा हामी सचेत र सावधानी अपनायौ भने पनि यस्ता घटनाहरू एकदमै कम हुने प्राधिकरणले भनेको छ ।

स्रोत (फोटो तथा समाचार) : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण

धेरै पढिएको

शिफारिस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here