Monday, April 15, 2024
16.1 C
Kathmandu

हैजाको लक्षण, उपचार तथा बच्ने उपायहरू

क्रियटिभ खबर, १० असार २०७९, काठमाडौँ। गर्मी तथा बर्खा याम सुरु भएसँगै झाडापखाला तथा हैजा जस्ता रोगहरू फैलने हुँदा सावधानी र सतर्कता अपनाउनु अत्यन्त आवश्यक हुन्छ। हैजा अति सङ्क्रामक र शीघ्र फैलिने झाडापखाला हो । सङ्क्रमण भएको १ दिन भन्दा कम देखि ५ दिन सम्ममा हैजाका लक्षणहरू देखा पर्न सक्दछ। सङ्क्रमित मध्य करिब १ देखि २५ प्रतिशतमा मात्र लक्षण देखा पर्छ र ती मध्य ८० प्रतिशतमा सामान्य खालका लक्षणहरू देखा पर्दछन् भने करिब २० प्रतिशतमा कडा खालका लक्षणहरू देखा पर्दछन्। समयमै उपचार नभएमा यस्ता व्यक्तिहरूको केही घण्टा मै मृत्यु समेत हुन सक्दछ । हैजा बालबालिका र वयस्क सबैलाई हुन सक्दछ।

हैजाबारे जानकारीमुलक पोस्टरहरु राख्दै, हैजा बारे जान्न, बुझन र सर्तक रहन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ। सोही जानकारीहरू तल प्रस्तुत गरिएको छ।

यसका मुख्य लक्षणहरू

१. पेट दुख्ने
२. वाकवाकी लाग्ने र बान्ता हुने 
३. पातलो, चौलानी पानी जस्तो दिसा हुने
४. असाध्यै तिर्खा लाग्ने ।
 

खान पिउन नसक्ने गरी बिरामी भएमा, दिसामा रगत देखा परेमा, बारम्बार बान्ता भइरहेमा, ज्वरो आएमा, धेरै पटक पातलो दिसा आउने जस्ता कुनै पनि लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्था लैजानुपर्छ ।

घरमै उपचार गर्ने पाँच नियम

१. झाडापखाला हुनासाथ १ लिटर पानीमा १ पुरिया जीवनजल राखी राम्ररी घोल्ने र पटक पटक खुवाउने
२. प्रशस्त मात्रामा सफा तथा झोला खानेकुराहरू पटक पटक खान दिने
३. नरम तथा सजिलै पच्न सक्ने खानेकुराहरू खुवाइराख्ने
४. स्वास्थ्य कर्मीले सिफारिस गरे अनुसार जिङ्क चक्कीको मात्रा नबिराईकन खुवाउने
५. व्यक्तिगत सरसफाइमा ध्यान दिने र स्वच्छ पानी तथा खाना खुवाउने ।

पखाला लाग्नबाट बच्ने उपाय

१. चर्पीमा मात्रै दिसा पिसाब गर्ने
२. दिसा पिसाब गरेपछि साबुन पानीले हात धुने
३. खाना बनाउनु, खुवाउनु र खानु अघि साबुन पानीले मिचिमिची हात धुने
४. पानी उमालेर, फिल्टर गरेर अथवा १ लिटर पानीमा ३ थोपा क्लोरिन मिलाएर मात्रै पिउने
५. बासी, सडे गलेको, झिँगा भन्केको खानेकुरा नखाने
६. खानेपानीको मुहान सफा र सुरक्षित राख्ने ।

स्रोत : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

धेरै पढिएको

शिफारिस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here