Saturday, July 20, 2024
27.1 C
Kathmandu

मोबाइल चार्जमा राखेर कुराकानी गर्दा, विद्युत सर्ट भई आगलागी हुन सक्छ, सावधान रहौँ ।

क्रियटिभ खबर, १२ असार २०७९, काठमाडौँ। हामीले दैनिक जीवनमा विद्युतीय उपकरणहरूको प्रयोग अत्यधिक रूपमा गर्ने गर्छौ । विद्युतीय उपकरणहरूको खरिद गर्दा बिचार नपुर्याउने र विद्युतीय उपकरणहरूको प्रयोग गर्दा सावधानी नअपनाउने कारणले गर्दा करेन्ट र विद्युत सर्टका घटनाहरू आजभोलि धेरै हुने गरेका छन् । असार ९ गते भक्तपुरको सुर्यविनायक नगरपालिका–८ आदर्श चोकमा मोबाइल चार्ज गर्ने क्रममा विद्युत सर्ट भई आगलागी हुँदा २ जना घाइते भए।

त्यसैले, मोबाइल चार्जमा राखेर कुराकानी नगर्न र चार्ज गर्दा सावधानी अपनाउन विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ।

यसका साथै, प्राधिकरणले “मल्टी प्लगमा ओभर लोड हुने गरी विद्युतीय उपकारणहरू जोड्नु हुँदैन” भनेको छ । यसै विषयमा थप्दै प्राधिकरणले “फोन चार्जमा राखेर नसुतौँ र सर्ट सर्किट हुन सक्ने कमसल तारको प्रयोग नगरौँ” भन्दै विपद्बारे चासो राख्न र चनाखो हुन पनि आग्रह गरेको छ।

धेरै पढिएको

शिफारिस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here