Monday, April 15, 2024
16.1 C
Kathmandu

“आगो” सम्बन्धी पुस्तक विमोचन

क्रियटिभ खबर, १३ असार २०७९, काठमाडौँ। किशोरकुमार भट्टराईद्वारा लिखित “आगो” नामक पुस्तकको आज काठमाडौँमा विमोचन गरिएको छ । दुई दशक देखी आगलागी पूर्वतयारी तथा नियन्त्रणका क्षेत्रमा क्रियाशील भट्टराईद्वारा लिखित “आगो” पुस्तकमा आगलागी विपद् र यसबाट बच्न सकिने तरिकाहरु सरल रूपमा लेखिएको छ ।

पुस्तकमा, अग्नि विज्ञानको शब्दावली, ग्याँसको घरेलु आगलागी नियन्त्रण, जङ्गल आगलागीको कारण र रोकथामका उपाय, भवन आगलागीको कारण, अग्नि समन यन्त्र (Fire Extinguisher) को परिचय र प्रयोग विधि, अपार्टमेन्ट र बहु तले भवनमा अग्नि नियन्त्रणका लागि व्यवस्था गर्नुपर्ने आगलागी नियन्त्रणका स्थायी संरचनाको बारेमा जानकारी, तथा प्रभावकारी अग्नि नियन्त्रण सेवा कसरी प्रदान गर्न सकिन्छ भन्ने कुराको जानकारीका साथै आगलागी सम्बन्धी लेख तथा रचनाहरू पनि समेटिएको छ ।

कार्यक्रममा, लेखक भट्टराईले पुस्तक तयार पार्न सधैँ उत्प्रेरणा प्रदान गर्ने सम्पूर्ण अग्रज महानुभावहरू प्रति कृतज्ञ रहेको बताउनुभयो ।

धेरै पढिएको

शिफारिस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here