Monday, April 15, 2024
16.1 C
Kathmandu

बाढीको समयमा कसरी सुरक्षित रहने र बाढी आएमा के गर्ने ?

क्रियटिभ खबर, १६ असार २०७९, काठमाडौँ । बाढीका कारण वर्षेनी जनधनको क्षति हुने गर्दछ । यो वर्षको मनसुन सक्रिय भएसँगै, जताततै बाढीका कारण जलमग्न भएर डुबान भएको खबर सुनी राखेका छौ । जल तथा मौसम विज्ञान विभाग (बाढी पूर्वानुमान महाशाखा) ले दैनिक रूपमा बाढीको बुलेटिन जारी गर्ने गर्दछ । साथै बाढीको उच्च जोखिम भएका अथवा अत्यधिक वर्षा मापन भएका क्षेत्रका लागि पूर्वसूचनाको रुपमा विभागले Flood Alert जारी गर्ने र जोखिम क्षेत्रका समुदायका मोबाइलमा SMS पनि पठाउने गर्दछ । यसरी, विभागले पठाएको मोबाइल SMS लाई ध्यानमा राख्दै, समयमै बाढी जोखिम क्षेत्रबाट सुरक्षित स्थानमा निस्कन सकियो भने बाढीकाे जाेखिमबाट बच्न अर्थात् सुरक्षित हुन सकिन्छ ।

बाढी आएमा के गर्ने ?

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढीको भिडियो दस्ताबेज राख्दै, बाढीको पूर्व सूचना पाउनासाथ सबैलाई अर्थात् घरपरिवार तथा छरछिमेकीलाई खबर गर्नुपर्छ भनेको छ । खबर गरेपछि, नअतालिकन सुरक्षित स्थानमा सुरक्षित तरिकाले जाने व्यवस्था मिलाउनुपर्छ । कोही हराएका छन् की हरेर उद्धार गर्ने र उद्धार गर्दा बालबालिका, अशक्त, महिला र ज्येष्ठ नागरिकलाई प्राथमिकता दिनुपर्छ प्राधिकरणले भनेको छ । विपद्का बारेमा स्थानीय तहलाई जानकारी दिई थप सहयोगका लागि पहल गर्नुपर्छ । बाढी पछि महामारी फैलिन सक्ने हुनाले व्यक्तिगत स्वास्थ्य र सरसफाइमा ध्यान दिनुपर्छ प्राधिकरणले भनेको छ । आपत्कालीन आश्रय स्थलमा बस्दा महिला र पुरुषका लागि छुट्टै शौचालयको व्यवस्था मिलाउनुपर्छ । डेङगी, मलेरिया र काला जर जस्ता रोगहरूबाट बच्न सुत्दा झुलको प्रयोग गर्नुपर्छ प्राधिकरणले भनेको छ । हल्लाको पछि कहिल्यै नलाग्न र आधिकारिक स्रोतबाट आएको सूचनामा मात्रै विश्वास गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ ।

धेरै पढिएको

शिफारिस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here