Monday, April 15, 2024
16.1 C
Kathmandu

नबुझीकन, नसोधीकन, नजानीकन, नचिनीकन जङ्गली च्याउ नखाऔँ ।

क्रियटिभ खबर, १९ असार २०७९, काठमाडौँ । बर्खा याममा गाउँतिर जताततै च्याउ उम्रिने गर्दछन् । मानिसले जङ्गली च्याउको पहिचानै नगरी खाँदा परिवारैको मृत्यु भएका खबरहरू त हामीले बर्सेनि सुन्ने गर्छौ । नेपालमा च्याउ खेती गर्ने पनि गरिन्छ । त्यस्ता, विदेशबाट बिउहरू लिएर आएर खेती गरिएका च्याउहरू ढुक्कले खान हुन्छ । तर च्याउबारे भ्रमका पछि लागेर मानिसले जङ्गली, काठमा उम्रने, गोबरमा उम्रने, रङका आधारमा छुट्टाएर विषालु च्याउ खाने गर्दा मृत्यु हुने गर्दछ ।  त्यसैले, ती जङ्गली च्याउहरू नबुझीकन, नसोधीकन, नजानीकन, नचिनीकन नखान राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ ।

खान हुने च्याउ र खान नहुने च्याउबारे भ्रम र यथार्थ

१. चाँदीको चम्चाले चलाउँदा विषालु च्याउ कालो बनाउँछ भन्ने भ्रम छ तर कुनै पनि च्याउ चाँदीको चम्चाले चलाउँदा कालो हुँदैन।
२. टिमुरले विषालु च्याउको विष मार्छ भन्ने भ्रम छ तर टिमुरले विषालु च्याउको विष मार्दैन।
३. दूध आउने च्याउ कुनै खान हुने हुन्छन् कुनै खान नहुने हुन्छन् त्यसैले दूध आउने च्याउ नचिनीकन खानु हुँदैन।
४. गोबरमा, रुखमा उम्रने च्याउ पनि विषालु हुन्छन् यस्ता च्याउ पनि नचिनीकन खानु हुँदैन।
५. किरा फट्याङ्ग्राले खाएको भन्दैमा च्याउ नचिनीकन खानु हुँदैन त्यो खाने बित्तिकै पनि मानिस मर्ने गर्दछन्।
६. चिप्ले किराले खाएको च्याउ खान हुन्छ भन्छन् तर त्यो पनि हुँदैन।
७. चम्किला रङका च्याउहरू खान हुँदैन भन्छन् तर त्यस्ता च्याउहरू खान हुने र नहुने दुवै हुन्छन्।
८. कत्ला भएका च्याउ खान हुने र नहुने दुवै हुन्छन्।
९. यार्सागुम्बा जातको च्याउ खाँदा शरीरलाई कुनै असर गर्दैन।

स्रोत (फोटो तथा समाचार) : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाे भिडियाे दस्तावेज 

 

धेरै पढिएको

शिफारिस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here