Friday, May 24, 2024
21.1 C
Kathmandu

सरसफाई र स्वच्छ व्यबहारका लागी स्वच्छ पानी, स्वस्थ जिन्दगानी

सुस्मा पौडेल बस्याल, क्रियटिभ खबर, ३ साउन २०७८, काठमाडौं ।स्वच्छ पानी, स्वस्थ जिन्दगानी । सरसफाई र स्वच्छ व्यबहार’ गुणस्तरीय जीवनको आधार हो, गुणस्तरीय जीवनका लागि शुद्ध पानी र सरसफाई महत्वपूण हुन्छ । तर खानेपानी, सरसफाई र स्वच्छतामा ध्यान नदिएकै कारण मानवीय जिवन जोखिममा पर्ने गरेको छ ।
आधारभूत स्तरको खानेपानी तथा सरसफाइ सुविधा प्राप्तीलाई नेपालको संविधानले पनि मानव अधिकारको रुपमा सुनिश्चित गरेको छ । खानेपानी, सरसफाई तथा स्वच्छता सम्वन्धि स्थानीय स्तरका आयोजना छनौट गर्दा होस या योजना निर्माण गर्दा, अथवा उपभोक्ता समितिको गठन, निमार्ण, आयोजनाको सञ्चालन, तथा सेवाको बाँडफाड र मर्मत संभारको काम गर्दा, समाजका सवै वर्ग, जाति र क्षेत्रका महिला, विपन्न, तथा बन्चीतिकरणमा परेका समुदायको सहभागीता आवस्यक हुन्छ ।
यिनै बन्चीतिकरणमा परेका समुदायको सहभागिता सुनिश्चित गराउनका लागी लैङ्गिक समानता तथा सामाजिक समाबेसिकरण मार्ग दर्शन कार्यान्वयनमा आएको छ । लैङ्गिक समानता तथा सामाजिक समाबेसीकरण मार्ग दर्शन  कार्यान्वयनमा आएपछी स्थानीय देखी केन्द्रियस्तरमा सुरु गरिएका सबै आयोजनाहरु, लैङ्गिक समानता तथा सामाजिक समाबेसिकरणको आधारमा निर्माण भैरहेका छन् ।
नेपाल सरकारको नीति अनुरुप खानेपानी तथा सरसफाइ आयोजनाको निर्माण खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको सहभागितामा वा निर्माण व्यवसायीको संलग्नतामा भए पनि निर्माण सम्पन्न पश्चात उपभोक्ता समितिलाई हस्तान्तरण गर्ने व्यवस्था भएकोले ती आयोजनाहरुमा खानेपानी तथा सरसफाइ सेवाको समतामूलक वितरणको लागि उपभोक्ता समिति नै जिम्मेवार र दायित्व हुने गर्दछ ।
नेपाल सरकारको नीति अनुरुप निर्माण गरिएका यस्ता स्थानीय स्तरका खानेपानी तथा सरसफाई आयोजनाहरु, यसको निमार्ण सम्पन्न पश्चात पनि, उपभोक्ता समितिलाई हस्तान्तरण गर्ने भएकाले आयोजनाहरुको सेवा वितरण र लाभको वाँडफाँड प्रक्रियामा उनीहरुलाई जिम्वेवार वनाएको छ । यस्ता आयोजनाहरुमा सबै बर्गसमुदायको अर्थपुर्ण सहभागीताले उनिहरुको संस्थागत विकास संगै शसत्तिकरण तथा समुदायको व्यवस्थापकिय क्षमता पनि विकास हुदै गएको छ । भने उपभोक्ता समिति सेवाग्राही प्रति जवाफदेही हुन थालेका छन् । यति मात्र हैन, महिला र पछि परेका समुदायको प्राविधिक ज्ञान, सीप र क्षमता बृद्धि संगै नेतृत्व विकास तथा निर्णयमा पहुच बढ्दै गएको छ । उनीहरुको क्षमता विकासका कारण आय आर्जनमा वृद्धि भई जिविकोपार्जनमा समेत टेवा पुगेको छ । यसले समुदायको पुँजी निर्माण र परिचालनमा समेत दक्षता हासिल भएको छ । यस्ता आयोजनाहरुले ब्यवस्थीत रुपमा काम गर्ने थालेपछि मुहान संरक्षण र वातावरणीय सरसफाइमा समेत योगदान पुन्न थालेको छ । लैङ्गिक समानता तथा सामाजिक समाबेसीकरणको मुल मान्यतालाई अंगीकार गर्दै निर्माण गरिएका स्थानीय तथा केन्द्रिय स्तरका आयोजनाहरु, निमार्णका विभिन्न चरणहरु देखी, सेवाको वितरण र मर्मत संभारका कार्यसम्म, समुदायमा पछाडी पारिएका महिला, तथा विपन्न वर्गका सिमान्तकृत समुहहरुलाई अनिवार्य सहभागी गराईनु आजको आवस्यकता हो । उनीहरुको अर्थपुर्ण सहभागीता र निर्णायक भुमिकाले आयोजनाको निर्माण दिगो र सेवाको वितरण प्रणाली प्रभावकारी वन्दछ ।
त्यसैले सहभागीतामुलक अभ्यासको विकास गरौं । स्थानीय स्तरको आयोजनामा, समुदायको समान पुहँच वढाऔं । संस्थागत विकास र समुदायको दिगो विकासमा जोड दिउँ ।

धेरै पढिएको

शिफारिस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here